अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

सरकार विपक्षीलाई तर्साउने खेलमा लागेको कांग्रेस नेता प्रकाशमान सिंहको आरोप

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:२७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकार राज्य आतंक सिर्जना गरी सर्वसाधारण र विपक्षीलाई तर्साउने खेलमा लागेको आरोप लगाउनुभएको छ । प्रदेश ७ का पहाडी जिल्लाको भ्रमणका क्रममा डडेलधुरा पुग्नुभएका कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले सरकारका पछिल्ला कदमले राज्य आतंक सिर्जना भइरहेको आरोप लगाउनुभएको हो ।
चिकित्सक, प्राध्यापक, विश्व विद्यालयका उपकुलपति जस्ता पदीय मर्यादा र जिम्मेवारी बोकेका व्यक्तिहरुलाई अपहरण शैलीमा पक्राउ गर्ने सरकारका गतिविधिले मुलुक कम्युनिष्ट अधिनायकवादतिर लैजाने प्रयास भइरहेको उहाँको आरोप थियो ।

कांग्रेस एजेण्डाविहीन भएर गोविन्द केसीको समर्थन नगरेको बताउँदै उहाँले मानव अधिकार र जनताका पक्षमा जसले आन्दोलन गरे पनि कांग्रेसले समर्थन गर्ने स्पष्ट पार्नुभयो । नेपाल प्रेस युनियन डडेलधुराको आयोजनामा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता सिंहले वर्तमान सरकारले सबै संवैधानिक मर्यादा समाप्त गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू