अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

कानुनमन्त्री तामाङद्वारा पदवाट राजीनामा

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:२६ मा प्रकाशित

कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिनुभएको छ । आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले मंगलवार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आजै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा पत्र वुझाउनुभएको छ ।

 

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उहाँले राजीनामा दिनुभएको हो । मन्त्री तामाङले आफू पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएको समेत स्पष्ट पार्नुभएको छ । राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङ पत्रकार र मन्त्रालयका कर्मचारीबीच भावुक वन्नुभएको थियो ।

पत्रकार सम्मेलनमा मन्त्री तामाङले गुनासो गर्दै आफ्नो भनाइलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरिएको आरोप लगाउनुभयो । नेकपाको सचिवालय बैठकमा नेताहरुवीच उहाँलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो । मन्त्री तामाङ्गको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक आलोचना भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू