अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

सरकार र डा.गोविन्द केसी पक्षबीच सिंहदरवारमा वार्ता

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:२१ मा प्रकाशित

अनसनरत डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारको मागलाई लिएर सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसी पक्षले उठाएका मागलाई सम्बोधन गर्ने विषयमो दुई पक्षबीच गम्भीर छलफल भएको जनाईएको छ । सरकारी पक्ष र डा.केसी पक्षधर बीच भएको यो तेश्रो चरणको वार्ता हो ।

वार्ताका लागि सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेवाङले पहल गर्नुभएको थियो । डा. केसी पक्ष चिकित्सा शिक्षा विद्येयक फिर्ता हुनुपर्ने अडानबाट केही लचिलो भएपछि वार्ताको वातावरण बनेको थियो । उक्त विद्येयक अहिले संसदमा विचाराधीन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू