अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 07:30

दुई प्रेमले डिसीमा कलाकार मदनकृष्ण श्रेष्ठसँग गरिने अन्तरक्रिया कार्यक्रममा प्रस्तुतिकरण गर्ने

विजय थापा २०७५ साउन ८ गते ०:४४ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सँग गरिने विशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेम राजा महतले गर्ने भएका छन् ।

अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्रको क्रियाशील स्थापित गरी मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले आगामी अगस्त ४ शनिवार को दिन गर्ने भएको छ । यसका लागि संस्थाले चाजोपाजो मिलाई रहेको छ भने आधा भन्दा ज्यादा टिकट (स-शुल्क प्रवेश पत्र )बिक्री गरेको जनाएको छ ।

कार्यक्रमको लागि नेपाल बाट मदन कृष्ण श्रेष्ठ अमेरिका आई पुगेका छन् । उनी कार्यक्रम सकिए पछि लगतै अगस्त ७ मा नेपाल फर्कने छन् । यसै गरी पत्रकार प्रेम बानिया अमेरिका आई पछि यसरी नेपाली समुदाय बिच सार्वजनिक रूपमा प्रस्तुतिको रूपमा सम्भवतः पहिलो पटक देखिने भएका छन् ।

कलाकार मदन कृष्ण श्रेष्ठले पत्रकार बानियालाई नेपाल देखि नै चिनेको र कार्यक्रम प्रस्तुतिको लागि पत्रकार बानियाको नाम सिफारिस समेत गरेकोले बानियाले अन्तर क्रिया कार्यक्रममा भाग लिने र प्रस्तुति गर्ने पक्का भएको जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् ।

यसै गरी वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि उक्त कार्यक्रममा प्रस्तुति गर्ने छन् । आयोजकले जनाए अनुसार बानिया तथा महतले कार्यक्रम सञ्चालन गर्ने नभई ,विशेष अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण कार्यक्रम प्रस्तोताको रूपमा पेस हुने छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठ सँग जीवनका कुराहरू, महको ‘म’ पुस्तक, गायन क्षेत्र, कलाकारिता क्षेत्र तथा अन्य जिज्ञासा आदी इत्यादि विषयमा द्वय वरिष्ठ लोक गायक प्रेम राजा महत तथा पत्रकार प्रेम बानियाले सोध्ने छन् । साथै दर्शकहरूले समेत जिज्ञासा समेत राख्न सक्ने छन् । वरिष्ठ लोकगायक महतले बहा जस्तो महान् कलाकार सँग आफूले केही कुराहरू राख्न पाउनु अहोभाग्य हो भन्दै सबैलाई यो मौका न गुमाउन हुन् अनुरोध गरेका छन् ।

पत्रकार प्रेम बानियाले पनि मदन कृष्ण श्रेष्ठ जस्तो वरिष्ठ कलाकारसँग भेट हुन् पाउनु र कार्यक्रममा आफूले मौका पाएकोमा हर्ष व्यक्त गर्दै गर्व लागेको बताएका छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न पाइने, अन्तरक्रियामा सहभागी हुन् पाइने, जिज्ञासा राख्न पाउने, उनका सङ्क्षेपमा जीवनका कुरा सुन्न पाइने, उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा सुन्न पाइने तथा गीत समेत सुन्न पाइने भएकोले डिसीवासीहरु उत्साहित भएका छन् ।

अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यकोको जर्मन टाउन सहरमा हुने छ । सीमित सिट (स्थान) भएकोले चाँडो भन्दा चाँडो टिकट लिन अनुरोध गरिएको छ । अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजन को लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको छ ।

आयोजकले जनाए अनुसार सङ्कलन भएको केही रकम क्यान्सर सोसाइटी तथा नेपालमा संस्थाद्वारा सञ्चालित छात्रवृत्तिमा जाने जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू