अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

साउन अन्तिम साताबाट राष्ट्रिय परिचयपत्र वितरणको तयारीमा सरकार

बिआरटीनेपाल २०७५ साउन ७ गते ९:४५ मा प्रकाशित

विगत सात वर्ष देखिको प्रयासपछि सरकारले साउन महिनाको अन्तिम साताबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ। पहिलो चरणमा सिहदरवारमा कार्यरत कर्मचारीलाई प्रदान गर्ने गरी काम सुरु गरिएको राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक दिलिपकुमार चापागाँइका अनुसार पहिलो चरणमा सिंहदरबार भित्र रहेका करिब ७ हजार कर्मचारी र पाँचथर जिल्लामा वितरण गरिने भएको छ । त्यो भन्दा अगाडि ३ सय जति उच्च पदस्थ व्यक्तित्वहरूलाई परिचयपत्र वितरण गरी त्यसको परीक्षण गरिने केन्द्रले जनाएको छ ।पहिलो चरणको कार्ड वितरण गरिसकेपछि थप १५ जिल्लामा पाइलट योजनाको रूपमा परिचयपत्र वितरणको काम गर्ने योजनामा केन्द्र रहेको छ।

नेपाली नागरिकको जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्रको वितरण पछि सोही कार्डले नागरिक्ता समेतको काम गर्नेछ । चाहे वैकमा KYC विवरण दिन होस वा कर चुक्ताको प्रमाणपत्र लिन एकै बायो मेट्रिक नम्बरले काम गर्नेछ । त्यसका लागि १ लाख १७ हजार कार्ड तयारी अवस्थामा रहेको छ ।

सरकारले पहिलो पटक आर्थिक वर्ष ०६६/०६७ मा राष्ट्रिय परिचयपत्रका रूपमा सबै नेपालीलाई वायोमेट्रीक स्मार्ट कार्ड उपलब्ध गराउने घोषणा गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू