अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठद्वारा न्यु जर्सीमा हट ब्रेडको उद्घाटन

विजय थापा २०७५ साउन ७ गते ९:४१ मा प्रकाशित

वासिङ्टन डिसी, नेपाली कि प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले न्यु जर्सीको भर्खर सञ्चालनमा आएको हट ब्रेडको उद्घाटन गरेकी छिन् । अमेरिकामा अध्ययन गर्न आएकी श्रेष्ठले न्यु जर्सीको डेटन सहरमा गत जुलाई २१ तारिख रिबन काटी हट ब्रेड नामक पसलको उद्घाटन गरेकी हुन् ।

उक्त हट ब्रेडका सञ्चालक राजु श्रेष्ठले उनको उक्त पसल अमेरिकामा दोस्रो शाखा भएको जानकारी दिएका छन् । श्रेष्ठले नग्माले उद्घाटन गरेकोमा हर्ष भयक गरेका छन् । हट ब्रेड का विभिन्न परिकारका सामग्री मध्ये अण्डा न मिसाइएको केक निकै प्रसिद्ध हुनुको साथै स्वादिलो र मिठो भएकोले यसको व्यापार पनि वृद्धि भएको बताएका छन् ।

ताजा र स्वादिलो र गुणात्मक भएको कारण ग्राहक आई रहने बताउँदै त्यसलाई आफूले ध्यान दिएकोले दोस्रो शाखाको रूपमा पनि खोल्न सफल भएकोमा आफू उत्प्रेरणा भएको बताएका छन् ।

यसै गरी नग्माले आफू पनि यस्ता बेकरीका परिकार पेस्ट्री कपकेक, फ्रुट र टार्ट मन पर्ने बताइन । उनले अगाडी भनिन हट ब्रेड मेरो मन पर्ने पसल भएको जानकारी दिएकी छिन् ।

नग्मालाई आगामी अमेरिकाको न्यु योर्क सहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ ।

सन् २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्समा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्सिटी नेपाल २०१६ पनि भएकी छिन् । उनी कार्यक्रम प्रस्तोता,मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् । 

प्रतिक्रिया