अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

अमेरिका–इरानको सम्बन्ध थप तनावपूर्ण, एक अर्काप्रति सत्रुतापूर्ण चेतावनी

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:५७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति हसन रुहानीले शत्रुतापूर्ण चेतावनी दिएपछि दुई मुलुकको सम्बन्धमा थप तनाव बढेको छ । इरानी राष्ट्रपति रुहानीले अमेरिकाको शत्रुतापूर्ण नीतिप्रति कटाक्ष गर्दै इरानसँगको युद्ध सबैभन्दा ठूलो युद्ध हुने चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘बाघको पुच्छर’सँग नखेल्न र खेले यसबाट केबल पछुतोमात्र हुने चेतावनी दिनुभयो ।

तेहेरानमा सम्बोधन गर्दै रुहानीले इरानसँगको शान्ति सबै प्रकारको शान्तिको जननी र युद्ध पनि सबै प्रकारको युद्धको जननी भएको अमेरिकाले बुझेको वताउनुभयो । इरानलाई कसैले धम्काउन नसक्ने रुहानकिो जिकिर थियो । इरानलाई तेल निर्यात गर्न नदिएर ट्रम्पले आफ्नो हितको लागि पूरै विश्वलाई जोखिममा पारेको इरानी राष्ट्रपति रुहानीको ठहर छ । उहाँले अमेरिकी नीति मुलसमानविरोधी भएको आरोपसमेत लगाउनुभएको छ ।

इरानको यस्तो धम्कीपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् ‘अमेरिकालाई कसैले पनि दोस्रोपटक धम्की नदिनू’ भन्दै यस्तो भएमा इतिहासमा पहिला कहिल्यै नभोगेको परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । अमेरिका अब धम्की सुन्ने देश नभएकाले सावधान रहन ट्रम्पले इरानलाई ट्वीटरमार्फत् सचेत गराउनुभएको छ ।

इरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको छ । जसका कारण विश्वमै तेल आपूर्तिमा कमी आउनसक्ने अनुमान गरिएको छ । गत मे मा इरान सँगको आणविक सम्झौताबाट अलग्गिएपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू