अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

पोखरामा अनलाइन सप फेवाबजार डटकम खुल्यो

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:५५ मा प्रकाशित

अनलाइन सप फेवाबजार डटकमले सोमबारदेखी पोखरामा विक्री आरम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ दीपमा मूख्य कार्यालय रहेको फेवाबजार डटकमले अनलाइन व्यापार शुरु गरेको हो । एस.आचार्य ईन्टरनेसनल प्रालिद्वारा सञ्चालित फेवाबजार डटकम अनलाईन व्यापार हो । यसले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसनलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउने जनाईएको छ । ३ करोड २५ लाखको लागतमा शुरु भएको अनलाइन सपले निकट भविष्यमै अन्य ४ सहरमा पनि कार्यालय स्थापना गर्ने भएको छ ।

 

बजारको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवम् प्रदेश सांसद दीपक कोइराला ‘रुपक’ले फेवाबजार डटकम युग सुहाउँदो व्यापार भएको वताउनुभयो ।

प्रतिक्रिया