अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता – नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:५० मा प्रकाशित

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको वताउनुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज गोरखामा आयोजित कार्यक्रममा वोल्दै प्रवक्ता श्रेष्ठले वार्ताद्वारा खुला ढंगले छलफल गरेर समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहेको वताउनुभयो ।

सरकारले वार्ता समिति बनाएको र छलफल गरेर समस्या समाधान गर्ने प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले राजनितिक दल र नागरिक समाज र आम समुदायलाई केसीको मुद्दामा राजनीतिकरण नगर्न आग्ह गर्नुभयो । केसीको माग सामुहिक विवेक प्रयोग गरेर समाधान गर्नुपर्ने प्रवक्ता श्रेष्ठको तर्क थियो ।

डा. केसीलाई प्रयोग गरेर सरकार असफल बनाउने चलखेल शुरु भएको श्रेष्ठले आरोप लगाउनुभयो । डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको मुद्दालाई लिएर आन्दोलनमा रहेको अवस्थामा उहाँलाई प्रयोग गरेर राजनीतिक स्थीरता पनि हुन नदिने र जनताले निर्वाचित गरेको सरकारलाई अप्ठ्यारो पार्न राजनीतिक चलखलसमेत भैरहेको प्रवक्ता श्रेष्ठले दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू