अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

लोकतन्त्रको पाठ नपढाउन कांङ्रेसलाई प्रधानमन्त्री ओलीको आग्रह

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई लोकतन्त्रको पाठ नपढाउन अनुरोध गर्नुभएको छ । ४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाण्डौंमा आयोजित कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले प्रतिपक्ष दल कांगे्रस निकै छिटो हडबडाएको वताउनुभयो । आफुहरुले हिंसात्मक दमनको समेत शान्तिपूर्ण प्रतिवाद गरेको बताउँदै उहाँले आफु सरकारमा नहुनु नै कांग्रेसको लागि अधिनायकवाद भएको टिप्पणी गर्नुभएको छ ।

संसदमा पेश नगरी विधेयक पास गर्न पर्छ, राष्ट्रियताको सवालमा छलफल गर्न पाइन्न भन्ने कांग्रेसले कम्युनिष्टहरुलाई लोकतन्त्रको पाठ पढाउन आवश्यक नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ’कांग्रेस देखेर मायाँ पनि लाग्छ’, प्रधानमन्त्रीले भन्नुभयो– ’विषय छैन, एजेन्डा छैन, दृष्टिकोण छैन, कांग्रेस यस्तो स्थितिमा पुगेको छ । मानव जीवनलाई सुखी बनाउन समृद्धि मात्र प्रयाप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समाजीक न्यायका कुरा पनि सम्वृद्धि संगै जोडिने वताउनुभयो । पुष्पलालले सामाजिक न्याय सहितको समृद्धिको कुरा गरेको ओलीको भनाई थियो ।

’२०४६ साल को आन्दोलन पछि दुई पटक कांग्रेसले बहुमत ल्यायो, धेरै पटक सरकारको नेतृत्व ग¥यो तर के ग¥यो ?’ भन्दै उहाँले प्रश्न गर्नुभयो । कांग्रेसले राजनीतिशास्त्र, अर्थशास्त्र, लोकतन्त्र आफुलाई मात्र थाहा भएजस्तो गरेको प्रधानमन्त्रीको आरोप थियो । ’राष्ट्रवाद भन्यो भने उखान टुक्का भन्नु हुन्छ । सामाजिक न्यायको कुरा गर्यो गाउँखाने कथा भन्नु हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ’यदि उहाँहरु चाहनुहुन्छ भने बहसको लागि आउन सक्नु हुन्छ, छलफल गरौंला ।’

कांग्रेसले कम्युनिष्टविरुद्ध संसद भित्र र बाहिर, मेची देखि महाकाली सम्म प्रहार गरे पनि आफुहरुले त्यसो नगर्ने ओलीले स्पष्ट पार्नुभयो । सरकार साना कुरामा नअल्झने उहाको भनाई थियो । डा. गोविन्द केसीको अनशन केका लागि हो प्रष्ट नभएको प्रधानमन्त्री ओलीले वताउनुभयो । ’वार्ता समिति बनाएको छ वार्ता गर्दिन भन्नुहुन्छ’, प्रधानमन्त्रीले भन्नुभयो– ’अनशन बस्ने डा. केसी अनशन कायम राख्ने अरु ।’ विरामी हुने डा. केसी तर विरामी कायम राख्ने अरु भएको प्रधानमन्त्रीको भनाई छ । डाक्टरले विरामीको उपचार गर्दिन भन्न नपाइने उल्लेख गर्दै उहाँले यस्तो कार्य नैतिकता विपरित भएको वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू