अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा सहजै विजयी

बिआरटीनेपाल २०७५ साउन ६ गते ९:४२ मा प्रकाशित

इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरेपछि नेपालले इंग्लण्डको हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रनको विशाल योगफल तयार पा¥यो । कप्तान पारस खड्काले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन बनाएको ईनिङमा रोहित पौडेलले ४४ रन जोडे ।
बलिङतर्फ होग्सका मिलेस कभर र जोन पोर्टोलले समान ३/३ विकेट लिए । जवाफमा ३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पसायर होग्स क्रिकेट क्लब ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमै समेटियो । होग्सलाई सस्तैमा समेट्न नेपालका ललितनारायण राजवंशीले ५ विकेट लिए । चार अभ्यास खेल खेल्ने तयारीमा रहेको नेपालले अब जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी ट्वेन्टी, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग ट्वेन्टी ट्वेन्टी खेल खेल्नेछ ।

नेपालले जुलाई २९ मा क्रिकेटको मक्का मानिने लर्डस मैदानमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एम.सी.सी.)सँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्नेछ । त्यसपछि नेदरल्याण्ड्ससँग दुई वटा एक दिवसिय खेल खेल्न नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू