अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लियो– फ्रान्स

बिआरटीनेपाल २०७५ साउन ६ गते ९:३९ मा प्रकाशित

अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको फ्रान्सले आरोप लगाएको छ । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री व«ुनो ले माइरेले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै कटू आलोचना गर्नुभएको छ ।

फ्रान्सले व्यापार युद्ध यथार्थ भएको पनि जनाएको छ । यो यथार्थलाई सामना गर्नुको विकल्प नरहेको मन्त्री माइरेको भनाइ थियो । तर अमेरिकी वित्त मन्त्री स्टेभेन म्नुचीनले भने आरोपको प्रतिवाद गर्दै ईयू र चीनले स्वतन्त्र प्रतिष्पर्धाका लागि आफ्नो बजार खुला गर्नुपर्ने धारणा राख्नुभएको छ । गएको हप्ता मात्रै पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईयू र चीनसँग ठूलो व्यापार घाटा रहेको भन्दै ठूलो परिमाणमा विभिन्न कर लाद्ने घोषणा गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू