अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

तरुण दलद्धारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौं घेराउ

बिआरटीनेपाल २०७५ साउन ६ गते ९:२९ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गरेको छ । हिजो बानेश्वरमा भएको प्रदर्शनमा दमन गरेको, सरकारले सर्वसत्ताबादी रवैया प्रदर्शन गरेको लगायतका आरोप लगाउँदै तरुण दलले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो । सो क्रममा तरुण दलका कार्यकर्ताले २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा हुनुपर्ने पनि माग गरेका थिए ।

 

धर्नाका क्रममा तरुण दलका कार्यकर्ताले शनिबार वानेश्वरमा भएको प्रदर्शनमा संगठनका अध्यक्ष जितजंग बस्नेत सहितका नेता, कार्यकर्तामाथि प्रहरीले कुटपीट गरेको भन्दै विरोध समेत जनाएका छन । वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रर्दशनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा संगठनका अध्यक्ष बस्नेतसहितका एक दर्जनबढि नेता, कार्यकर्ता प्रहरीको कुटाईबाट घाइते भएका थिए ।

सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिनुभयो । प्रर्दशनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन तरुण दलले सरकार निरंकुश बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू