अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरि आन्दोलन गर्ने दिन आयो– नेपाली कांग्रेस

बिआरटीनेपाल २०७५ साउन ६ गते ९:२० मा प्रकाशित

नेपाली काँग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरी एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई चनाखो बन्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३६ औँ स्मृति दिवसको अवसरमा काँग्रेस केन्द्रीय कार्यालयद्वारा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै शीर्ष नेताहरूले वर्तमान सरकार एकदलीय तानासाही शासन व्यवस्था लाद्न लागि परेको र नागरिकको अधिकार तथा स्वतन्त्रता कुण्ठित गर्दै लगेकाले आन्दोलनको आवश्यकता महसुस भएको बताएका हुन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सामाजिक फाँसिवादतर्फ उन्मुख भएको भन्दै माफियालाई खुसी बनाएर पार्टी नीतिमा राज्य चलाउने र कब्जा गर्ने नीतिमा सरकार रहेको आरोप लगाउनुभयो । लोकतन्त्रवादीहरुले सर्वसत्तावादबाट मुलुकलाई बचाउन एक भएर सरकारको खिलापमा देशभर आन्दोलन गर्नुपर्ने अवस्था आएको पौडेलको भनाई थियो । 

कार्यक्रममा बोल्दै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड लगायतकाले लोकतन्त्र र नागरिक अधिकार रक्षाका लागि काँग्रेस कार्यकर्ता चनाखो भएर आन्दोलनमा होमिनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा काँग्रेस नेताहरूले आफूहरूले विपीको नीति नछोडेको भन्दै कम्युनिस्टहरूले गर्ने प्रचारमा कतिपय कार्यकर्ता बहकिएको टिप्पणी गरेका थिए । उनीहरूले विपीले देखेको समाजवादी लक्ष्यतर्फ का्रंग्रेस अग्रसर भइरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू