अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

बिआरटीनेपाल २०७५ साउन ५ गते ९:११ मा प्रकाशित

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव ¥याली निकालिएको छ । नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि ¥यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो ।

मध्यान्ह पृथ्वीचोकबाट सुरु भई सिर्जनाचोक घुमेर पुनः पृथ्वीचोक फर्केको ¥यालीका सहभागीले केसीका माग पुरा नहुँदासम्म दवाव दिन नछाड्ने वताएका छन । केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै सहभागिले सरकारका विरुद्ध नारावाजी गरेका थिए । सरकार माफियाको जालमा परेर केसीको माग तुहाउने प्रयास गरेको उनीहरुको आरोप थियो ।

कोणसभामा बोल्दै नागरिक समाजका अगुवा सुनील पाण्डेले सरकारले केसीका माग पुरा नगरेसम्म आफुहरुले दवाव दिन नछाड्ने वताउनुभयो । डा. बसन्त गौतमले सरकारले स्वास्थ्य क्षेत्र सुधार्न खोज्नुको साटो सुधारको माग राख्नेलाई समेत हतोत्साही बनाउन खोजेको आरोप लगाउनुभयो ।

अभियन्ता सिरोज कोइरालाले सरकारले केसीका माग सुनुवाई गर्न बेवास्ता गरेकोले दवाव दिनका लागि सहभागिता जनाएको वताउनुभयो । सरकारको कामगराई शैलीले जनताले राहत नभई आहत पाउने ठहर गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू