अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

अनशनको नाममा डा. केसीको अभ्यास गलत – इश्वर पोखरेल

बिआरटीनेपाल २०७५ साउन ५ गते ९:०० मा प्रकाशित

नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाउनुभएको छ । उहाँले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गर्नुभएको छ ।
‘डा. केसीले आफना माग पूरा गराउन अधिनायकवादी तरिका अपनाउनु भएको छ,’ केसीसँग वार्ता गर्न सरकारी पक्षले उदासीनता देखाएको आरोप लागिरहेका बेला उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– ‘कुनै एक व्यतिmले आफ्ना माग पूरा गर्ने नाममा विधि र प्रक्रिया मिच्छ भने त्यो मान्य हुँदैन ।’

उपप्रधानमन्त्री पोखरेलले डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरा बढेको भन्दै त्यसबाट जोगाउन जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । उहाँले केसी स्वास्थ्य, शिक्षासँग सम्बन्धित मुद्दाबाट या राजनीति के बाट प्रेरित भएको हो भन्ने प्रश्न गर्दै शुरुमा त्यो प्रष्ट हुनुपर्ने वताउनुभयो ।

पोखरेलले वार्ता र संवादमा सरकार नभएर केसी उदासीन भएको आरोप लगाउनुभयो । केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने उहाको तर्क थियो । पोखरेलले डा. केसीका माग एक, दुई, तीन गरेर सम्बोधन गर्ने खालको नभएको समेत प्रष्ट पार्नुभयो ।

शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर्नु पर्ने भनेर हल्ला मात्र भएको मन्त्री पोखेलको भनाई थियो । शिक्षा, स्वास्थ्य जनताको आधारभूत आवश्यता भएकाले त्यो पूरा गर्न र जनताको अधिकार स्थापित गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले वताउनुभयो । सरकारले ल्याएको स्वास्थ्य शिक्षा विधयेकमा संशोधन आवश्यक भए संसदबाट गर्न सकिने उहाको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू