अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

डा. गोविन्द केसीका माग पुरा नभए देशमा आगो वल्छ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

बिआरटीनेपाल २०७५ साउन ५ गते ८:५८ मा प्रकाशित

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीले राखेका चिकित्सा सुधारका माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिनुभएको छ । डाक्टर केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएपछि आयोजित कोणसभामा बोल्दै कार्कीले डाक्टर केसीलाई राजनीतिक रङ लगाउने चेष्टा नगर्न पनि आग्रह गर्नुभयो । ‘यो सामाजिक आन्दोलन हो, राजनीतिक होइन । सरकारले जनताले भनेको मान्नुपर्छ, मानेन भने सरकार अनपपुलर हुन्छ’ कार्कीले भन्नुभयो– ’डाक्टर केसीका माग पूरा भएन भने देशमा आगो बल्छ ।’
सरकारको मानो खाएर सरकारकै विरोध गर्न आफू विवश भएको उहाँको भनाई थियो । सरकारले डाक्टर केसीका माग पूरा गरी शिक्षा र स्वास्थ्यलाई गरिब जनताको पहुँचमा पु¥याउनु पर्ने कार्कीले वताउनुभयो । केसीका माग सरकारले नसुनेपछि बाध्य भएर सडकमा उत्रिनुपरेको उहाँले वताउनुभएको छ ।

कार्यक्रममा वोल्दै लेखक खगेन्द्र संग्रौलाले नेकपा अध्यक्षद्धय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्ड लाई नाक जोगाउन आग्रह गर्न आफू सभामा सहभागी भएको उल्लेख गर्नुभयो । अहिलेको सरकारको गतिविधी हेर्दा ज्ञानेन्द्र शाहको फौजी शासनजस्तै भान भएको संग्रौलाको भनाई थियो ।

संग्रौलाले सरकारले डाक्टर केसी मरेको हेर्न चाहेको हो भनी सरकारलाई प्रश्न गर्नुभएको छ । ‘सरकार बदनाम भयो । के ओलीले डाक्टर केसी मरेको हेर्न चाहेको हो ?’ ज्ञानेन्द्र शाहको तानाशाही सोचले के भएको थियो इतिहास नभुल्न संग्रौलाको सरकारलाई सुझाव थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू