अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

ओली सरकार इतिहासकै बदनाम – मानवअधिकारकर्मी कृष्ण पहाडी

बिआरटीनेपाल २०७५ साउन ५ गते ८:५२ मा प्रकाशित

मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाउनुभएको छ । डाक्टर केसीको समर्थनमा शनिबार काठमाण्डौंको बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि जनताको रूपबाट हेर्दा ओली सरकार सबैभन्दा बदनाम सरकार भएको आरोप लगाउनुभयो ।

सरकार लोकतन्त्र विरोधी भएको उल्लेख गर्दै उहाँले संविधान विपरीत सभामुख र उपसभामुख नेकपा एक्लैले ओगटेको उहाँको भनाइ थियो । सरकारले इन्टरनेटमा १३ प्रतिशत कर बढाएर सूचना प्रविधि विरोधी सरकारको रूपमा आफूलाई चिनाएको पहाडीले टिप्पणी गर्नुभयो ।
सर्वोच्च अदालतले दोषी ठहर गरेका अपराधीलाई कानूनविपरीत छाडेर सरकारले विधिको शासनविपरीत हुने गरी काम गरेको उहाँको ठहर थियो । सरकारले संस्था दर्ता गर्दिनँ भन्दै व्यवसायीहरुलाई पत्राचार गरेको उल्लेख गर्दै पहाडीले संस्था दर्ता गर्दिनँ भन्ने अधिकार सरकारलाई नहुने दावी गर्नुभयो ।

समावेशीता ओली र प्रचण्डको नारा नभई जनआन्दोलनको उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो । पार्टी एकीकरण गर्दा ३३ प्रतिशत महिला नराखिएकोबाट ओली र प्रचण्ड समावेशी नरहेको प्रष्ट देखिएको पहाडीको जिकिर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू