अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

बझाङमा पहिरोमा परी ४ जनाको मृत्यु ,अन्य २ जना घाईते

बिआरटीनेपाल २०७५ साउन ५ गते ८:४९ मा प्रकाशित

बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा परी एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भएको छ । पहिरोमा परी अन्य २ जना घाइते भएका छन । मृत्यु हुनेमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का ४५ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा, उनका ६ वर्षीया छोरा कृष्ण थापा र गाँउका २० वर्षीय मंगल थापा रहेको घटना स्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिनुभएको छ ।

घटनामा सोही गाउँका ५ वर्षीया कविराज थापा र रिकेश थापा घाइते छन । गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा बाटोमा हिड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । उजली, महेश्वरी र कृष्ण एकै परिवारका हुन । महेश्वरी थापा वडा नम्बर ६ की महिला स्वास्थ्य स्वयम्सेविका हुन । घर बाट घाँस लिएर चौपाया भएको ठाउँमा जाँदै गर्दा उनलाई बाटोमै पहिरोले पुरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू