अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

नेपाल अमेरिका पत्रकार संघ नेजाको छैटौँ अधिवेशन भोलि सुरु हुँदै

बिआरटीनेपाल २०७५ साउन ४ गते २०:३६ मा प्रकाशित

अमेरिका, अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैटौँ अधिवेशन तथा बाह्रौं साधारणसभा भोलि जुलाई २१ तारिखबाट सुरु हुन् गैरहेको छ । साधारण सभाको सम्पूर्ण तयारी पुरा भैसकेको कुरा संयोजक ध्रुव कुँवरले जानकारी गराएका छन् ।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य बिहीबार सियाटल आइसक्नु भएको छ। अधिवेशनमा भाग लिन क्यानडा, न्युयोर्क, वासिङ्टन डी.सी. मेट्रो एरिया, लस एन्जलस, सान फ्रान्सिस्को, टेक्ससको ह्युजटन र डल्लास, तथा कोलोराडोबाट सदस्यहारु आउने क्रम जारीरहेको छ ।

नेपाली समुदायमाझ नेजालाइ परिचित गराउने उद्देश्य अनुरूप उत्तर अमेरिकाका विभिन्न सहरमा साधारणसभा र अधिवेशनको आयोजना गर्दै आइरहेको छ । यसै उद्देश्य अनुरूप सन् २०१४ मा ह्युजटन, २०१५मा कोलोराडो, २०१६मा क्यालिफोर्नियाको लस एन्जलस र २०१७ मा डी.सी. मेट्रो एरिया( भर्जिनिया, मेरिल्याण्ड र वासिङ्टन डी. सी.) मा अधिवेशन तथा साधारणसभाको आयोजना गरेको थियो । अमेरिकाको उत्तर पश्चिम भागमा रहेको सुन्दर सहर सियाटलमा जुलाई २१ र २२ मा अधिवेशनको आयोजना हुन् गइरहेको छ ।

नेपाल सियाटल सोसाइटी, शेर्पा एसोसिएसन, नेवा: अर्गनाइजेसन लगायत स्थानीयहरूबाट कार्यक्रम सफल पूर्वक सम्पन्न गर्नको लागि सहयोग पुर्याईरहनु भएको छ । अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने संयोजक कुँवरले जानकारी दिए ।

नेजाले नेपालको ग्रामीण भेगमा उत्कृष्ट पत्रकारिता गर्दै आएको एक जना पत्रकारलाई हरेक दुई वर्षमा नेजा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान आएको छ । यसअघि १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार यस पटक बढाएर २ लाख २२ हजार २ सय २२ रुपैयाँ पु¥याएको छ । पुरस्कार नेजाले नेपालमा नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति र अमेरिकामा नेजा पुरस्कार छनोट समिति गठन गरी प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले आयोजना गदै आएको कार्यक्रममा वितरण गर्दै आएको थियो भने यस पटक अधिवेशनपछि विशेष कार्यक्रमकोवीच प्रदान गर्ने भएको छ ।

नेपालमा महासङ्घका महासचिव रमेश विष्टको संयोजकत्वमा बनेको समितिमा सचिव रामप्रसाद दाहाल, आदिवासी जनजाति पत्रकार महासङ्घको अध्यक्ष दण्ड गुरुङलगायत छन् भने अमेरिकामा नेजाका छनोट समितिमा पूर्व अध्यक्ष आङछिरिङ शेर्पाको संयोजकत्वमा विजय घिमिरे र ज्योति देवकोटा रहेका छन् ।

छनोट समितिले ३ जना छानेर पठाएकोलाई अमेरिकास्थित नेजाको छनोट समितिले १ जना छानेर अधिवेशनमा घोषणा गर्ने छ । पुरस्कृतलाई नेपालमा कुनै एक कार्यक्रम आयोजना गरी पत्रकार महासङ्घमार्फत पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू