अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

कोलोराडोमा २ दिने आध्यात्मिक शिविर समापन

बिआरटीनेपाल २०७५ साउन ४ गते १६:५८ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा नेपालीमूलका बालबालिकाहरू तथा प्रौढहरूको लागि आयोजित २ दिने आध्यात्मिक शिविर गत: बुधवार समापन भएको छ । 

गुरु डा. चिन्तामणि योगीद्वारा सञ्चालित शिविरको पहिलो दिन डेनभर मेट्रो एरियाका २० नेपाली बालबालिकाहरू र तिनका अभिभावक हरूको सहभागिता थियो । त्यस अवसरमा मुख्य प्रशिक्षक गुरु डा. चिन्तामणि योगीले नैतिक र चरित्रवान हुन बालबालिकाहरूसँग आग्रह गरेका थिए ।सहभागी बालबालिका र अभिभावकहरूले शिविरका विषयमा समीक्षा गर्दै यसलाई निरन्तरता दिइनुपर्ने अपेक्षा गरेका छन् । सहभागी बालबालिकाहरूले गुरुबाट प्राप्त शिक्षा अनुसार आफूहरूले आमाबुबा र परिवारका सदस्यहरूसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे । कोलोराडोमा बालबालिकालाई लक्षित गरी आयोजित यो शिविर पहिलोबाट हो ।रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव टिका पौडेलका अनुसार आगामी वर्ष यो बालबालिका लक्षित शिविरलाई ७ दिनको समर क्याम्पमा परिवर्तन गरी सञ्चालन गरिने छ । 

दोस्रो दिनको शिविर प्रौढहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। विज्ञान र अध्यात्मलाई फ्युजन गरी अनेकौँ जिबनोपयोगी विषयमा गुरुबाट धारा प्रवाह प्रवचन हुँदा उपस्थित सबै जना मन्त्रमुग्ध भएका थिए ।आफू जन्मेको माटो छोडेर टाढा आएपनि आफ्ना मुटु -छोराछोरीहरूलाई आफू बाट टाढा नबनाउनुहोला भनी प्रवचन गर्दा सबै भावविह्वल बनेका थिए ।

तिन घण्टासम्म निरन्तर चलेको सो कार्यक्रमको अन्त्यमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले दुई दिन सम्म शिविर सञ्चालन गरिदिनु भएकोमा गुरुप्रति हार्दिक आभार प्रकट गर्दै उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । 

 

More Pictures

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू