अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

डा.गोविन्द केसीको अनशन २१ औं दिनपनि जारी

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:३० मा प्रकाशित

डाक्टर गोविन्द केसीले आज २१ औं दिन पनि आफ्नो अनशन अनशन जारी राख्नुभएको छ । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट हिजो सरकारी टोलीले २० दिनपछि डाक्टर केसीलाई काठमाडौं ल्याएको थियो । काठमाडौंको शिक्षण अस्पतालमा उहाँले आफ्नो अनशन जारी राख्नुभएको छ ।

आफुलाई इच्छाविपरित वल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान सहित डा. केसीले अनशन जारी राख्नुभएको हो । चिकित्सकहरुले भने उहाँलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने वताएका छन । डाक्टर गोविन्द केसीले हिजो साँझ विज्ञप्ती जारी गर्री सरकारले आफुलाई ज्यादतिपूर्ण व्यवहार गरेको भन्दै त्यसको भत्र्सना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू