अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

अमेरिकी राजदूत र नेकपा अध्यक्ष प्रचण्डवीच भेट

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:२८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजवीच आज भेटवार्ता भएको छ । आफ्नो कार्यकाल सकाउन लाग्नुभएका टेप्लिजले अध्यक्ष प्रचण्डसँग शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बिदाई भेट गर्नुभएको हो ।

भेटमा टेप्लिजको कार्यकाल सफल रहेको भन्दै प्रचण्डले नेपालको विकास र प्रगतिमा उहाँले खेलेको भूमिका सकारात्मक रहेको वताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको उल्लेख गर्नुभयो । प्रचण्डले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

सो अवसरमा राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरूमा नेतृत्वदायी भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू