अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा

बिआरटीनेपाल २०७५ साउन ३ गते ९:२८ मा प्रकाशित

टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषणा गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोगान राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो । यद्यपि, सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ । संकटकालीन अवस्थाको दौरान एक लाख भन्दा बढि व्यक्तिहरुलाई जागिरबाट पनि बर्खास्त गरिएको थियो ।

अहिले पनि झण्डै पचास हजार व्यक्ति थुनामा रहेको अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन् । थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वा्सित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ । सन् २०१६ मा भएको एक असफल सैन्य विद्रोहमा संसदलाई कब्जा गर्ने प्रयास गरिएको थियो । त्यसक्रममा झण्डै २ सय ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको थियो । चुनावी दौरानको क्रममा विपक्षी उमेद्वारहरुले पनि संकटकालीन अबस्थाको अन्त्य गर्ने विषयलाई मुद्दा बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू