अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित

बिआरटीनेपाल २०७५ साउन ३ गते ९:२५ मा प्रकाशित

देशभरका चिकित्सकहरुले आज अस्पतालमा हड्ताल गरेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् । नेपाल चिकित्सक संघको अगुवाइमा बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो ।

अनसनरत डाक्टर गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउदै चिकित्सकहरुले बिहीबार देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । सरकारले डाक्टर केसीको माग पुरा नगरेको र उहाँको स्वास्थ्य अबस्था बिग्रदै गएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको हो ।

सेवा रोकेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुले संसदमा लान खोजिएको चिकित्सा शिक्षा विधेयह तत्काल रोकेर केसीसँग ठोस वार्ता गर्नुपर्ने माग गरेका छन् । विधेयक नरोकेसम्म वार्ताका लागि कुनै विषयवस्तु नै नहुने डा. केसी पक्षको वार्ता टोलीका सदस्यहरुको भनाई छ ।
संघको आन्दोलनका कारण देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूणर््ा स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।

यसैवीच, काठमाडौको महाराजगंजस्थीत त्रिवि शिक्षण अस्पतालमा सेवा सुचारु गर्नुपर्छ भन्ने पक्ष र बन्द गर्नुपर्छ भन्ने पक्षबीच विवाद भएको थियो । राष्ट्रिय चिकित्सक संघ, मधेशी चिकित्सक संघ लगायतका सरकार निकटका पेशागत संगठनले बन्दको अबज्ञा गर्ने बताएपछि विवाद भएको हो । यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।

चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी भएनन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । नेपाल नर्सिङ संघले पनि चिकित्सक संघको अत्यावश्यकीयबाहेकका सेवा बन्द गर्ने निर्णयको विरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू