अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

चिकित्सकहरू विभाजित, बन्द घोषणाबारे यस्तो आयो ‘नोट अफ डिसेन्ट’

बिआरटीनेपाल २०७५ साउन ३ गते ८:०५ मा प्रकाशित

काठमाडौँ, स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक सङ्घभित्र विवाद देखिएको छ ।

सङ्घको कार्यसमिति बैठकले डा.गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।

कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् ।

‘नेपाल मेडिकल एसोसियनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणा मेरो असमति छ’, श्रेष्ठले नोट आफ डिसेन्टमा लेखेकी छिन् । आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू