अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

चिनी तथा मुटु रोगीले भान्टाको तरकारी खाँदा फाइदा

बिआरटीनेपाल २०७५ साउन ३ गते ७:५७ मा प्रकाशित

चिनी तथा मुटु रोगीले भान्टाको तरकारी खाँदा फाइदा हुन्छ, किनभने भान्टामा विभिन्न थरीका भिटामिनहरू पाइन्छ । भान्टामा पाइने भिटामिनहरूमा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम आदि हुन ।

भान्टामा फाइबरको मात्रा अत्यधिक भएको हुनाले शरीरको पाचन प्रक्रियालाई व्यवस्थित गर्दै कोलेस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ । साथै भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । भान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भान्टामा एन्थोसाइनिन, प्रोभोनाइटजस्ता अवयव हुने भएकाले तरकारीमा पनि विशेष रङ उत्पन्न गर्छ ।

नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । यसमा पाइने भिटामिन बि–६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्त्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।

फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइने भान्टाले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ । एन्थोसाएनिन, फ्योभोसाइडजस्ता तत्त्व पाइने भएकाले शरीरका रक्तनलीलाई तन्दुरुस्त राख्ने काम पनि गर्छ । भान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू