अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

पाँचौँ छायाँछवि तीज म्युजिक अवार्डको दर्ता आव्हान

दिपेश राज थारु, काठमाडौँ २०७५ साउन ३ गते ७:३८ मा प्रकाशित

छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको विल्कुलै नवीनतम् छायाँछवि तीज म्युजिक अवार्डको पाँचौँ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रूपमा आब्हान गरेको छ । नेपाली खास गरी हिन्दु नारीहरूको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुसी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खास गरी घरबाट पीडित बुहारीहरूको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भए पनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । 

यही क्रमका गीतहरू गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकी छिन् ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौँ तीज म्युजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते उक्त भव्य कार्यक्रमको आयोजना गरी काठमाडौँमा सम्पन्न गरिने जानकारी गराए ।

प्रतिक्रिया