अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ

बिआरटीनेपाल २०७५ साउन ३ गते ६:४४ मा प्रकाशित

नयाँ दिल्ली, भारतको चेन्नइमा एक जना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारी अनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलालाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ती महिला बस्ने होटेलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताइएको छ । भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू