अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

अमेरिका जान हिँडेका दुई नेपालीको नाइजेरियाबाट उद्धार

बिआरटीनेपाल २०७५ साउन ३ गते ०:०३ मा प्रकाशित

लेगोस, नाइजेरिया- अमेरिका लैजाने प्रलोभनमा परी विगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बागलुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन्। उहाँहरूका अनुसार उनीहरू सङ्ग नेपालका जेशन श्रीस ( बाग्लुङ्ग/पोखरा ) लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बिच बिचमा खाना र अरू खर्च गरी ५० लाख खर्च भएको पीडितहरूले बताएका छन् । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको प्रयास र सहयोगमा उनीहरू आज काठमाडौँ फर्केका हुन । उनीहरूको पासपोर्ट समेत तिनीहरूको साथमा थियो । इजिप्ट स्थित नेपाल दूतावासले उनीहरूको लागि ट्राभल्स डकुमेन्ट उपलब्ध गराएको थियो ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र ती मध्ये १२ जनालाई अमेरिका लान ब्राजिल उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनीहरू सम्पर्कमा आएका छैनन् । गत महिना समेत थापाको संयोजनमा टोगोबाट यही समूहका ५ जनालाई उद्धार गरी नेपाल फर्काइएको थियो । थापाले उनीहरूको फिर्ताका लागि सहयोग गर्ने इजिप्ट स्थित नेपाली दुतावस, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यवाद व्यक्त गरेका छन् । बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनसिसि नाइजेरियाको सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू