अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

क्रिकेटर शक्ति गौचनद्वारा सन्यास घोषणा

बिआरटीनेपाल २०७५ साउन २ गते ९:३३ मा प्रकाशित

क्रिकेटर शक्ति गौचनले सन्यास घोषणा गर्नुभएको छ । दायाँ हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनको नेपालले नेदरल्यान्डसँग खेल्ने पहिलो एक दिवसीय खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गर्नुभएको हो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गौचनले नेदरल्याण्ड टूरपछि राष्ट्रिय टिममा छनोट नहुने गरी सन्यास लिन लागेको जानकारी दिनुभएको छ ।

नेपालमा हुने कुनै अन्तराष्ट्रिय म्याच पारेर गौचनलाई विदाइ दिन सकिने उल्लेख गर्दै पारसले अहिलेको टूर नै गौचनकोे अन्तिम टुर हुने वताउनुभयो । यसैबीच सन्यासको घोषणा गर्दै गौचनले नेदरल्याण्डको भ्रमण आफ्नो अन्तिम अन्तराष्ट्रिय भ्रमण हुने स्पष्ट पार्नुभयोे ।

सन् २००२ मा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएको थियो । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उहाँ नेपालका पहिलो खेलाडी हुनुहुन्छ । ९ वटा अन्तराष्ट्रिय टी ट्वान्टी खेलेका गौचनले ८ विकेट लिनुभउको छ । यस्तै उहाँले लिस्ट ए बाट १८ विकेट लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू