अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

नाइजेरियामा बाढीको प्रकोप, ४९ जनाको मृत्यु, २० बेपत्ता

बिआरटीनेपाल २०७५ साउन २ गते ९:३१ मा प्रकाशित

बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् । जिविआ जिल्लाको पाँच गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको समाचारमा जनाइएको छ । आइतबार रातभरी आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले एएफपीलाई जानकारी दिनुभयो ।

आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिनुभएको छ । बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताउनुभयो ।

बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन् । विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू