अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

दम्भ होईन सरकार विनम्रता पेश गर्न प्रयत्नरत छ – दीनानाथ शर्मा

बिआरटीनेपाल २०७५ साउन २ गते ९:२५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।बुधबार काठमाण्डौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । सरकारले दम्भ नभै विनम्र पेश गर्न प्रयास गरिरहेकाउल्लेख गर्दै उहाँले सरकार फेर्ने कुरा बेकारको कुरा रहेको र यसको कुनै सम्भावना नभएको वताउनुभयो । सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको शर्माको भनाई थियो ।

वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गर्नुभयो । वर्तमान राजनीतिक दलहरुको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै नेता शर्माले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू