अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

हिन्दूराष्ट्र फर्काउन राप्रपाको जनजागरण अभियान शुरु

बिआरटीनेपाल २०७५ साउन २ गते ९:१५ मा प्रकाशित

 

नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने भन्दै कमल थापा नेतृत्वको राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापना अभियान थालेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत राप्रपाले हिन्दूराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको थालनी गरेको हो । 

नेपाल सदियौंदेखि सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका रुपमा रहँदै आएको र सनातन धर्म व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जिवनसँग अभिन्न र अविभाज्य रुपमा गाँसिएर आएको बिषय भएकाले नेपाललाई हिन्दू राष्ट्र बनाइनु पर्ने राप्रपाले माग गर्दै आएको छ ।

अभियानको शुभारन्भ कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा, बालसन्त जगदगुरु मोहनशरण आचार्यसहित धार्मिक गुरुहरु, अभियान्ताहरु र विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू