अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

विधेयक जबर्जस्ती अघि बढाए संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

बिआरटीनेपाल २०७५ साउन २ गते ९:११ मा प्रकाशित

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेश सभा पनि अवरुद्ध पार्ने वताउनुभएको छ ।

बुधबार काठमाडौंमा संचारकर्मीमाझ वोल्दै शर्माले बिहिबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डकी प्रदेशको सभा भने अवरुद्ध नपार्ने पनि स्पष्ट पार्नुभएको छ । जिम्मेवार प्रतिपक्ष भएको नाताले प्रधानमन्त्रीले बिहिबार सम्बोधन गर्ने गण्डकी प्रदेशको सभा भने अवरुद्ध नपार्ने पार्टीको नीति रहेको प्रवक्ता शर्माको भनाई छ ।

यसैबीच, नेपाली कांग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी दिनुभयो ।

उहाँले पार्टीको विधान मस्यौदा समिति बिहिबार गठन हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरूको नामावली दिने सहमति गरेको उल्लेख गर्दै शर्माले विधान मस्यौदा समिति गठन हुने वताउनुभएको हो । प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यसलगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको पनि जानकारी दिनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू