अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

गोरखामा पहिरोमा पुरिएर ३ को मृत्यु

बिआरटीनेपाल २०७५ साउन २ गते ८:५९ मा प्रकाशित

गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा पहिरोले घर भत्किँदा ३ जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुको ८ महिने छोराको मृत्यु भएको गोर्खा प्रहरीले जनाएको छ ।

मंगलवार रातीदेखि परेको अबिरल बर्षाका कारण खसेको पहिरोले उनीहरु बसेको कोठा पुरीदा उनीहरुको मुत्यु भएको हो । बुधबार बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको स्थानिय वासिन्दाहरुले वताएका छन । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएका छन ।

लगातारको बर्षापछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ । बर्षाले त्यस क्षेत्रमा अन्य स्थानमा पनि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू