अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

विराट कोहलीको विश्व कीर्तिमान

बिआरटीनेपाल २०७५ साउन १ गते २१:४३ मा प्रकाशित

नयाँ दिल्ली, (एजेन्सी) इंग्ल्यान्डको विरुद्ध तीन खेलको वान डे सिरिजको अन्तिम तथा निर्णायक खेलमा विराट कोहलीले एउटा विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । ३ हजार रन छिटो बनाउने कप्तानको रूपमा उनले कीर्तिमान रचेका हुन् ।

कोहलीले यो उपलब्धि १२ रन बनाएपछि प्राप्त गरेका थिए । कोहलीले ४९ वान डे खेलमा यति रन बनाएका छन् । यो कीर्तिमान तोडिने सम्भावना ज्यादै न्यून भएको भारतीय मिडियाले दाबी गरेको छ। मिडियाले बतायो कि हाल खेलिरहेका कप्तानमा कसैले पनि कम खेलमा तीन हजार रन बनाउन सक्दैनन् ।

कोहलीपछि कप्तानको रूपमा ३ हजार रन बनाउँदा दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ६० खेल, भारतीय कप्तान महेन्द्रसिंह धोनीले ७० खेल र सौरभ गांगुलीले ७४ खेल खेलेका थिए । त्यस्तै स्टिभ बाग र मिस्बाह उल हकले ८३ खेल र सनथ जयसुर्या र रिकी पोन्टिङले ८४ खेलबाट ३ हजार रन पुरा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू