अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

डा.केसीका मागहरु पूरा हुनैपर्छ, तर केही मागहरु विचार गर्नुपर्ने हुन्छ: राजपा नेता अनिल झा

बिआरटीनेपाल २०७५ साउन १ गते ९:१० मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्नुभएको छ । काठमाण्डौंमा मंगलबार आयोजित एक साक्षात्कारमा बोल्दै नेता झा ले केसीको सत्याग्रहका बारेमा सरकार गम्भिर वनेर सत्याग्रहलाई सम्मान गर्नुपर्ने वताउनुभयो । तर, राजपाले केसीका सबै मागहरु जायज छन् र उनले भनेकै आधार सबै हुनुपर्छ भन्न नखोजेको उहाँको भनाई थियो । संसद र सरकारले डा. केसीका जायज मागहरु पूरा गर्नेपर्ने र केही मागहरुका बारेमा बिचार गर्नुपर्ने अवस्था रहेको झाले स्पष्ट पार्नुभयो ।

नेपालमा एम.बि.बि.एस.को गुणस्तरीय पढाई सञ्चालन गर्न सकेको खण्डमा विदेशबाट विद्यार्थीहरु पढ्न आउने नेता झाको दाबी थियो । मुलुकमा मेडिकल कलेज बन्द गर्नुपर्छ भन्ने विषय तर्कसंगत नरहेको उल्लेख गर्दै निष्चित मापदण्ड र आवश्यकताका आधारमा अगाडि वड्नुपर्ने नेता झा ले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू