अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

सरकारी वार्ता टोली र केसी पक्षबीचको वार्ता आज पनि निष्कर्ष विहीन

बिआरटीनेपाल २०७५ साउन १ गते ९:०८ मा प्रकाशित

आमरण अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच आज भएको वार्ता पनि निष्कर्षविहीन भएको छ । केसीलाई काठमाडौँ ल्याउनुपर्ने, चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने आफ्नो अडान सरकारपक्षले दोहो¥याएपछि आजको वार्ता पनि निष्कर्षमा पुग्न नसकेको डाक्टर केसीका प्रतिनिधि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

सरकारी वार्ता टोलीले केसीलाई काठमाडौँमै ल्याउनुपर्ने अडान राखेपछि केसी पक्षले बिरामीका रूपमा व्यवहार नगर्न भन्दै माग सम्बोधन हुनेमा विश्वस्त नभइ केसीलाई काठमाडौँ ल्याउन नसकिने अडान लिएको थियो । सरकारी वार्ता टोलीलाई जुम्ला नै पुगेर डाक्टर केसीसँगै वार्ता गर्न आफूहरूले सुझाव दिएको पनि भण्डारीले जानकारी दिनुभयो ।

केसीका प्रतिनिधि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि भेट्न गएका थिए । शिक्षामन्त्रीले केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर पठाउन जतिखेर पनि तयार रहेको जानकारी दिदै त्योभन्दा बढी आफूले केही गर्न नसक्ने जवाफ दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू