अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

सरकारविरुद्ध नयाँ शक्ति नेपाल र ने. वि. संघको प्रदर्शन, प्रदर्शनमा प्रहरी हस्तक्षेप

बिआरटीनेपाल २०७५ साउन १ गते ८:४४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका छन । माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु माथि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको छ ।

बढ्दो महंगी नियन्त्रण, निषेधित क्षेत्रको विरोध तथा डाक्टर गोविन्द केसीका माग पूरा गर्न भन्दै नेविसंघले सरकारविरुद्ध मंगलबार दिउँसो सडक प्रदर्शन गरेको थियो । प्रहरीको लाठी चार्जबाट नेविसंघका ११ जना नेता, कार्यकर्ता घाइते भएको नेविसंघ नेता प्रेम जोशीले वताउनुभएको छ ।

यसैबीच, नयाँ शक्ति पार्टी नेपालले पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । सो क्रममा नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको थियो । सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नेता गंगा श्रेष्ठले वताउनुभयो ।

प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुनेगरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो ।  नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ । सो अवसरमा नेता श्रेष्ठले सरकारलाई एक्काईसौं शताब्दीका नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू