अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

नेकपामा सबै कमिटीका पदाधिकारी र सदस्यले प्रतिनिधि बन्न अनिवार्य निर्वाचित हुनुपर्ने

बिआरटीनेपाल २०७५ साउन १ गते ८:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने व्यवस्था गरेको हो ।

नेकपाका महासचिव विष्णु पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई सचिवालयले प्रकाशन गर्न अनुमति दिएको जानकारी दिनुभएको छ । एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताहरुबीच भएको छ । प्रतिनिधि चयनमा पराजित भएमा भने नेताले महाधिवेशनमा चुन्न र चुनिन भने पाउने छैनन् ।
त्यसैगरी पारित विधान र नियमावलीलाई प्रकाशित गर्ने र आधारभूत तहसम्मको एकतालाई घोषणामा उल्लेख भएको अवधि आगामी भदौ जेठ–३ भित्र पूरा गरिसक्ने गरी काम गरिने महासचिव पौडेलले वताउनुभयो । विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउने छ ।

महासचिव पौडेलले कार्ययोजनाबारे छलफल शुरु भएको र आगामी बैठकले टुङ्गो लगाउने जानकारी दिनुभएको छ । बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयका बारेमा अवगत गराउनुभएको थियो । बैठकमा डा. गोविन्द केसीको अनशन र अन्य राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू