अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

एउटै गीतमा प्रियंका, आशामा, सरोज र कार्टुन्ज क्रु को अभिनय (भिडियो सहित)

बिआरटीनेपाल २०७५ असार ३२ गते १७:३४ मा प्रकाशित

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो उनीहरूले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरू नेपाली पोसाकमा देखिएका छन् । आशामा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरू दौरा सुरुवाल र इस्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोमा उनको छोटो भूमिका छ ।

गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा सङ्गीतकार वसन्त सापकोटाले सङ्गीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायाङ्कन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया