अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

बुधबारेदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला

बिआरटीनेपाल २०७५ असार ३२ गते १७:१४ मा प्रकाशित

काठमाडौँ । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बुधबारेदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेसन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौँको होटेल अन्नपूर्णमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबिए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरू प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरूको सहभागिता रहने राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

झन्डै ५६ वटा स्टलहरू रहने सो दुई दिने शैक्षिक मेलामा करिब सात हजार विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई.टि.तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका निर्देशक सुवास दंगालले बताउनुभयो । तेस्रो शैक्षिक मेलामा ५५०० विद्यार्थीहरूको सहभागिताले यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौँ विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरू, दुई वटा सी.ए. र एक अन्य अध्यापन गराउने संस्थाहरूको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्स पढाउने संस्थाहरू जसमा यु.के., मलेसिया, अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिनुभयो ।

शैक्षिक मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ भने पाटन कलेज फर प्रोफेसनल स्टडिज इन एसोसिएसनमा रहेको छ । मेला पावर बाइ टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आई.टीले गरेको छ भने स्पोन्सरमा हेराल्ड कलेज र को–स्पोन्सरमा मल्पी इन्टरनेशनल कलेज रहेको छ ।

पत्रकार सम्मेलनमा टेक्सस कलेजका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, आइआइएम कलेजका प्रमुख कार्यकारी अधिकृत सचिन प्रधान लगायतले नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा कम खर्चमा अन्तराष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने विगतका मेलाहरूले पनि प्रमाणित गरिसकेको बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू