अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

पोर्चुगलमा पहिलो पटक लाइभ साहित्य सङ्गम कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७५ असार ३२ गते १७:०१ मा प्रकाशित

लिस्वोन, पोर्चुगलको नेपाली डायस्पोरामा पहिलो पटक लाइभ साहित्य सङ्गम कार्यक्रम हुने भएको छ । अन्तर्रासष्ट्रय नेपाली साहित्य समाज(अनेसास), पोर्चुगलको मुख्य आयोजनामा हुन लागेको उक्त साहित्यिक कार्यक्रममा गीतकार तथा साहित्यकार सुनिल सङ्गमले पहिलो पटक लाइभ गजल,गीत,कविता तथा मुक्तक प्रस्तुत गर्ने कार्यक्रम रहेको कुरा आयोजकद्धारा जानकारी दिइएको छ ।

“श्रष्टाको सम्मान, नेपाली भाषा र साहित्यको संरक्षण,सम्बन्धन र विकास हाम्रो अभियान”को नारा बोकेर पहिलो पटक पोर्चुगलमा आयोजना गरिएको उक्त साहित्य सङ्गम कार्यक्रममा पोर्चुगलको नपाली डायस्पोरामा रहेका विभिन्न विधामा कृति प्रकाशन गरेका स्रष्टाहरूलाई सम्मान गर्ने कार्य पनि रहेको कुरा आयोजकले जानकारी दिएका छन् ।

आगामी २१ जुलाई २०१८ का दिन राजधानी लिस्वोन स्थित रहेको पानस रेष्टुरेण्टमा हुने उक्त कार्यक्रममा च्यारीटी डिनर सहित हुने उक्त कार्यक्रममा साधारण प्रवेश शुल्क २० युरो तोकिएको छ भने कार्यक्रम बेलुका ८ बजे देखी ११ बजे सम्म हुने तय भएको कुरा आयोजक अनेसास,पोर्चुगलले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू