अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको एघारौँ वार्षिक सम्मेलनको तयारी पुरा

नेपाली राजदूत डा. अर्जुन कुमार कार्की पनि आउने

बिआरटीनेपाल २०७५ असार ३२ गते १६:४६ मा प्रकाशित

कोलोराडोमा कृयाशील इन्जिनियरहरू तथा सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरुको संयुक्त तत्वावधानमा हुनगैरहेको अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको (ASNEngr) एघारौँ वार्षिक सम्मेलनको तयारी पुरा भएको आज एक कार्यक्रमका बिच डा. आनन्द पौडेलले जानकारी गराउनु भयो ।

यो सम्मेलनमा अमेरिका को २० भन्दा बढी राज्यमा कार्यरत १०० भन्दा बढी इन्जिनियर तथा सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरुको सहभागिता रहने छ । यस वर्ष भूकम्प तथा प्रकोप राहत सम्बन्धी मुख्य कार्यपत्रका साथै १५ भन्दा बढी रिसर्च कार्यपत्र प्रस्तुत हुनेछन् ।

पहिलो पटक हुनलागेको hackathon मा भाग लिन सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरु खुसी देखिन्छन् भन्दै यो एउटा सिक्ने र सिकाउने अवसर पनि भएको भन्दै सबै सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरुलाई भाग लिन दिबेश श्रेष्ठ, रोहित श्रेष्ठ र किसम थापाले आग्रह गर्नुभयो ।

कार्यक्रम बिहानको ८:00 बजेबाट सुरुभै, स्वागत मन्तव्य, टेक्निकल सेसन र अन्तमा साङ्गीतिक कार्यक्रमसँगै रातीको ९:३० मा समापन हुनेछ । कार्यक्रममा नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले सहभागीलाई स्वागत सम्बोधन गर्नु हुनेछ ।

इन्जिनियरहरू तथा सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरुको साथै आम नागरिकलाई पनि पाहुनाको रूपमा कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन खुल्ला गरिएको छ । विद्यार्थी तथा भर्खर ग्राजुएट भएका युवाहरूलाई प्रोत्साहन स्वरूप रजिस्ट्रेशन फि फ्री गरिएको छ ।

For Registration and more info please visit: http://asnengr.org/conference/2018/

Registration Rate
Regular $80
Spouse/Guest $25
Students with ID Free
Evening Program only, adults $25
Evening Program only, kids $15
kids under 8 Free
Note: no need to be an Engineer or IT to attend
Programs
8:00-8:45 Breakfast/Onsite registration
8:45-9:15 Opening Remarks/Colorado Adventure
9:15 – 4:30 Technical Presentations
12:00-1:00 Lunch
4:30-5:30 Hackathon/Poster Session and Awards
5:30-6:00 Networking Social
6:00-9:30 Dinner, Musical Program/ DJ

कार्यक्रममा सहभागी हुन वा volunteer गर्न इच्छुक भएमा सम्पर्क :
Ananda Paudel, PhD – 720 999 5865
Roshan Prasai- 303 725 5888
Naveen Dutta- 303 594 8495
Sanjeev Panta, Purna Kharel
Prakash Kaini, PhD – 720 369 1380
Rohit Shrestha –720 839 4252
Kisam Thapa – 970 690 7334
Kav Shrestha- 720 394 3296
Deepak Gautam- 330 559 3520

प्रतिक्रिया