अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:२८ मा प्रकाशित

पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । सिन्ह्वाका अनुसार एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार दुर्घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गरेका छन् । प्रहरी अधिकारीहरुले दुर्घटनाको कारण धेरै यात्रु हुनसक्ने अनुमान गरेका छन् ।
उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेको जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्वारको लागि पनि कठिन भएको समाचारमा उल्लेख छ ।

पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ । पाकिस्तानमा हरेक वर्ष करिब ९ हजार सडक दुर्घटना हुने गरेको वताईन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू