अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

केसीलाई मानव ढाल बनाएर उनको जीवनमाथि खेलबाड गरियो – नेकपा नेता बडाल

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:२६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले अनशनरत डाक्टर गोविन्द केसीलाई समर्थकहरुले मानव ढाल बनाउने काम गरेको भन्दै आपत्ति जनाउनुभएको छ । डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको उल्लेख गर्दै उहाँले उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने समर्थकहरुको नीति गलत र अलोकतान्त्रिक रहेको वडालको भनाई थियो ।

नेता वडालले डाक्टर केसीको जीवनमाथि खेलबाड गर्ने काम नगर्न पनि आग्रह गर्नुभएको छ । संसदले कुन विद्येयक र कस्तो विद्येयक पास गर्ने वा नगर्ने भन्ने कुरा अनशनलाई जिम्मा दिने विषय नभएको उल्लेख गर्दै वडालले संसदमा पर्याप्त छलफल हुने र विद्येयकमा चित्त नबुझे संशोधन हाल्न सकिने तर्फ समरण गराउनुभयो ।

लोकतान्त्रिक व्यवस्थालाई अफापसिद्ध तुल्याउनको लागि डाक्टर केसीलाई जुम्लामा अनशन बस्न पठाईएको उहाको जिकिर थियो । डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा केसीको माग किन पूरा भएनन् भनी बडालले प्रश्न गर्नुभयो । नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला भोट माँगेकोले डाक्टर केसी कांग्रेसको कार्यकर्ता भएको आरोप समेत लगाउनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू