अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

डाक्टर केसीसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:२० मा प्रकाशित

सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र स्वास्थ्य मन्त्रालयका एक सह सचिव रहनेछन ।

चिकित्सा शिक्षा अध्यादेशमा भएका व्यवस्था हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएपछि १७ दिनदेखि डा. गोविन्द केसी जुम्लामा आमरण अनसनमा हुनुहुन्छ । समितिले केसीसँग वार्ता गरी विधेयकमा सहमतिको प्रयास गर्नेछ ।

१० वर्ष उपत्यकामा मेडिकल कलेज सञ्चालन गर्न नपाइने तथा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था हटाएर सरकारले विधेयक अगाडि बढाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू