अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा नेपाली कथानक चलचित्र “छिरिङ्ग” को प्रिमियर सो हुँदै

बिआरटीनेपाल २०७५ असार ३१ गते १४:२४ मा प्रकाशित

चर्चित गायक निमा रुम्बा, यश कुमार र कामना भुजेल सहित अन्य कलाकारहरूद्वारा अभिनीत चलचित्र हो छिरिङ्ग। नेपालको मनाङ्ग, मुस्तांग, जोमसोम, काठमाडौँ लगायतका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भनिएको यो मूभी धेरै फरक खालको रहेको बताउँछन् निर्माता नवीन बुढाथोकी ।

नवीन बुढाथोकीका साथमा अन्य निर्माताहरू सुनिल माथेमा प्रधान, एल बि दर्नाल समेत छन्। मूभीका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् भने नृत्य निर्देशक कविराज गहतराजको रहेको छ।

प्रिमियर सो मा कलाकार द्वय निमा रुम्बा र यश कुमार पनि सहभागी हुने कार्यक्रम रहेको छ । लामो समय देखि बे एरिया बस्दै आएको र नेपाली भाषी समुदाएको हरेक कार्यक्रमहरूमा सधैँ सहयोगी हुँदै आएका नवीन भने यस पटक सबै बे एरिया बासी नेपाली भाषीहरूबाट पूर्ण सहयोगको अपेक्षा गर्दछन् ।

यो कार्यक्रम भव्य र सफल हुने कुरामा म विश्वस्त छु बुढाथोकी भन्छन् । निमा रुम्बा र यश कुमारसँगै रेड कार्पेट सहित नेपाली कथानक चलचित्र “छिरिङ्ग” को प्रिमियर जुलाई २८ सान फ्रान्सिस्को बे एरिया हुनेछ ।नवीन बुढाथोकी समेत निर्माता रहेको नेपाली कथानक चलचित्र “छिरिङ्ग” को प्रिमियर सो अमेरिकाको क्यालिफोर्निया राज्य को अलामिडा मा रहेको मिचान थिएटर (Michaan Theater, 2700 Saratoga St, Alameda, CA 94501) मा आउँदो जुलाई २८ मा रेड कार्पेट सहित हुने छ ।

प्रतिक्रिया