अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

जबर्जस्ती शिक्षा विधेयक पारित गरे प्रतिकारमा उत्रन्छौं – कांग्रेस नेता गगन थापा

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:२२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जबर्जस्ती रूपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आफूहरूले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यकतालाई सम्बोधन हुने गरी नआएको दाबी पनि गर्नुभएको छ । नेता थापाले विधेयकलाई पारित गराउने सरकारको रवैया रहेकोे उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा आफूहरू नरहेको पनि स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाइमा आफूहरू विश्वास गर्ने पक्षमा नरहेको वताउनुभएको छ । आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएकोतर्फ नेता थापाले सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू